यू–१५ साफ च्याम्पियनसिप महिला फुटबल: नेपाल सेमिफाइनलबाट बाहिरियाे

 साउन ३१, २०७५ बिहिबार १८:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल यू–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनबाट बाहिरिएको छ ।

फाइनल प्रवेशका लागि बिहीबार भएको खेलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेन ।

तुलनात्मक रुपमा बलियो मानिएको भारतविरुद्ध नेपालको प्रदर्शन भने राम्रो रहेको थियो ।

पहिलो हाफको ३१औं मिनेटमा भारतका लागि लिण्डा कोमले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् । तर १ गोलले पछि परेको ६ मिनेटमै नेपालले बराबरी गरेको थियो ।

३७औं मिनेटमा रजनी ठोकरले बराबरी गोल गरेकी हुन् । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले थप १ गोल गर्दै फाइनलमा स्थान बनाएको हो ।

भारतका लागि ५८औं मिनेटमा कृतिना देवीले गोल गर्दै भारतलाई फाइनलमा पुर्‍याएकी हुन् । भारतले अब उपाधिका लागि बंगलादेश र भुटानको विजेतासँग भिड्ने छ ।

पहिलो संस्करणमा भारतले उपाधि जित्दा बंगलादेश उपविजेता भएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया