युरोपा लिगमा ३३ वर्ष पुरानो उत्कृष्ट कमब्याकको रेकर्ड तोडियो, चारको बदला आठ गोल

 भदौ १, २०७५ शुक्रबार ६:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिगको इतिहासमा जेनित सेन्ट पिटर्सबर्गले उत्कृष्ट कमब्याकको ३३ वर्ष पुरानो इतिहासलाई तोडेको छ । पहिलो लेगमा चार शून्यले पछि परेको अवस्थामा जेनितले डिनामो मिन्स्कलाई ८ – ५ ले पराजित गर्दै नयाँ किर्तिमान बनायो । 

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा झरेको पिटर्सवर्गले डिनामोलाई ८ – १ ले पाखा लगायो । पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटर्सबर्गले सुरुवातमा नै दुई गोलको अग्रता बनाएको थियो । तर खेल सकिन १८ मिनेट बाँकि हुँदा लियन्ड्रो पारेडेस रातोकार्ड खादै मैदानबाट बाहिरीएपछि दबावमा आएको थियो ।

तर उसको आक्रमणमा भने कुनै फरक परेन । गोलको बर्षा भएको खेलमा पिटर्सबर्गका लागि ज्युवाले ह्याट्रिक गरे भने माकले दुई गोल गरे । निर्धारीत ९० मिनेटको खेल सकिँदा चार शून्यले पिटर्सबर्गले खेल जितेपनि पहिलो लेगमा डिनामोको चार गोलको अग्रताका कारण खेल बराबरीमा पुग्यो ।

त्यसपछि खेलको छिनोफानोका लागि थपिएको अतिरीक्त समयमा पिटर्सबर्गले चार गोल गर्दा डिनामोले एक गोल मात्र गर्न सक्यो । बरु डिनोमा १० खेलाडीमा झर्न पुग्यो । नाटकिए बनेको खेलको अतिरीक्त समयमा पिटर्सबर्गका लागि माकले एक सय २० र २३ औ मिनेटमा गोल गर्दा डुरीसीले एक सय ९ मिनेटमा गोल गरेका थिए । एक गोल ज्युवाले गरे । यता डिनामोका लागि याहायाले ९९ औ मिनेटमा गोल गरे ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया