कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने

 भदौ १, २०७५ शुक्रबार ८:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि अण्डरपास खोल्ने तयारी गरेपनि केही काम बाँकी रहेको भन्दै आज नखोल्ने निर्णय भएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ । 

आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी छन् । ती काम छिट्टै सकेर सर्वसाधारणको लागि अण्डरपास खुलाउने आयोजनाको तयारी छ । ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो ।

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दाबी गरेको छ । 

याे पनि पढ्नुहाेस् । 

कलंकीमा जाम, अब ‘३० सेकेण्ड’ मात्र 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया