परिवारकासाथ भारत आउदैछन् निक जोनस, भारतमै हुनेछ प्रियंका र निकको इन्गेजमेन्ट पार्टी

 भदौ १, २०७५ शुक्रबार ९:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रियंकाको इन्गेजमेन्टको क्रममा सबै परिवारका साथ धेरै समय बिताउन नपाएका कारण निक तथा उनको परिवार भारत आएर प्रियंकाको परिवारसँग समय बिताउन चाहन्छन् । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।

यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् ।  उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । 

प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकीे बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको कुरा पनि बताएका थिए ।  जुन कुराबाट प्रष्ट हुन्छ कि निक र प्रियंका विवाहकोे तयारीमा जुटीसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Rabi B Shreatha

    Aug. 17, 2018, 10:01 a.m.

    यो स्तम्भकारको प्रेङका भन्ने भारतीय अभिनेत्री के नाता पर्छ ? हरेक दिन चर्चा गर्ने गरेको देखिन्छ् जुन कुरा आम नेपालीलाई अपाच्य छ । यदि बिहेमा नै बोलाएको छ भने खुरुक्क गए भईगयो नत्र नेपालकोलागि के योगदान गरेकी छिन र ? अन्नयथा दिनरात एऊटै बिषयमा ओकल्नु ठिक हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया