बिहीबारको तुलनामा रियाल, दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्य केही बढ्यो

 भदौ १, २०७५ शुक्रबार १०:३६:१३ | उज्यालो सहकर्मी

काठमाडौं – बिहीबारको तुलनामा शुक्रबार रियाल दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्य केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया