सिड्नीमा पहिलो पटक नेपाली विज्ञ सम्मेलनको आयोजना हुने

 भदौ १, २०७५ शुक्रबार १४:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गैरआवासीय नेपाली संघ ओसिनिया क्षेत्रको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक विज्ञ सम्मेलन हुने भएको छ ।  

ओसिनिया क्षेत्रमा बसोबास गर्ने विशेषज्ञता हासिल गरेका नेपाली विज्ञहरुलाई एकै थलोमा भेला गरी सम्मेलन आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ, ओसिनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो । 

आउँदो सेप्टेम्बर १५ अथार्त भदौ ३० गते आयोजना गर्न लागिएको सम्मेलनमा विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने अधिकारीले बताउनुभयो ।  

सम्मेलनमा कृषि तथा खाद्य सुरक्षा, पूवार्धार निर्माणतर्फ रेलवे, सुरुङ र राजमार्ग स्वास्थ्य र शिक्षा जस्ता विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।  

सिड्नीमा आयोजित सम्मेलनमा प्रस्तुत हुने केही कार्यपत्रहरु अक्टोबर १२ तारिखमा नेपालमै आयोजना हुने विश्व विज्ञ सम्मेलनमा पनि प्रस्तुत गरिने छ । यो सम्मेलनले विश्व विज्ञ सम्मेलनलाई समेत सहयोग पुग्ने गैरआवासीय नेपाली संघ विश्वास लिएको छ । नेपालमा हुने विश्व विज्ञ सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । 

यस्तै सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान संशोधनका लागि ओसिनिया क्षेत्रका आईसीसी सदस्यहरुबीच छलफल हुने आईसिसी महासचिव डा.बद्री केसीले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया