अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दिवंगित भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी पञ्चतत्वमा विलीन भएका छन् । उनलाई यमुनाको किनारमा रहेको स्मृतिस्थलमा धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी हुन् ।
दिल्लीमा रहेको भारतीय जनता पार्टीको मुख्यालयबाट निस्किएको शवयात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, मन्त्रीहरु तथा कुटनीतिज्ञहरु सहभागी थिए ।
दिवंगत नेता वाजपेयीलाई श्रदाञ्जली दिन नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाई, पाकिस्तानका कानुनमन्त्री, बंगलादेशका विदेशमन्त्रीलगायतका कुटनैतिक व्यक्तिहरु दिल्ली पुगेका थिए ।
तस्बिर - बीबीसी हिन्दी