रिहा भएलगत्तै किन पक्राउ परे प्रकाण्ड ?

 भदौ १, २०७५ शुक्रबार १८:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

उनलार्इ काभ्रेमा रहेकाे एनसेलकाे टावरमा अागजनी गरेकाे अभियाेगमा पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।

पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै छोरा नरेन्द्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । आदेश लगत्तै रिहा गरेको प्रहरीले सर्वोच्च परिसरबाटै अर्को मुद्दामा प्रकाण्डलाई पक्रेको छ । प्रकाण्डलार्इ उद्योगीलाई धम्क्याएर चन्दा असुली गरेको आरोपमा पक्राउ गरेर थुनामा राखेको थियो ।

काठमाडौं जिल्ला अदालतले प्रकाण्डसँगै पक्राउ परेका कालिकोटका हरिशचन्द्र आचार्य र कपिलवस्तुका मनबहादुर श्रेष्ठ तीनै जनलाई थुनामा राखेर अनुसन्धान गर्न पटक पटक म्याद थप गरेको थियो । 

उनलार्इ चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न अादेश दिएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया