को हुन् वाजपेयीकी धर्मपुत्री नमिता ? जसले दागबत्ती दिइन्

 भदौ १, २०७५ शुक्रबार १९:१२:४० | एजेन्सी
unn.prixa.net

भारत रत्न तथा भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको पार्थिव शरीरमा उनकी धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी छिन् ।

अन्त्येष्टि समारोहमा नमितासँगै उनका श्रीमान पनि थिए । आफ्नो वाककला र सादगी जीवनले लाखौँको मन जित्न सफल भएका थिए । उनको जीवन खुला पुस्तकजस्तै भएको सबै बताउँथे । तर उनको जीवमनसँग जोडिएका केही कुरा भने कमैलाई मात्र थाहा छ । 

मिता भट्टाचार्य वाजपेयीकी धर्मपुत्री हुन् तर नमितासँग जोडिएका केही कुरा भने कमैलाई थाहा छ । अटल बिहारी वाजपेयीले कहिल्यै विवाह गरेनन् ।

वाजपेयीको पैतृक गाउँ उत्तर प्रदेशको बटेश्वर हो । तर उनको जन्म ग्वालियरमा सन् १९२४ डिसेम्बर २५ मा भएको थियो । त्यहीँको भिक्टोरिया कलेजबाट उनले अध्ययन गरेका थिए । वाजपेयीको जीवन राजनीति, कविता तथा सादगीका बीच बितेको थियो । तर पनि सबैको मनमा एउटा प्रश्न भने उब्जिरहन्थ्यो कि वाजपेयीले किन विवाह गरेनन् ?उनले एकपटक संसदमै विपक्षीलाई जवाफ दिँदै भनेका थिए, ‘म अविवाहित त हूँ तर कुमार भने होइन ।’

जबजब अटल बिहारी वाजपेयीलाई विवाहका बारेमा प्रश्न गरिन्थ्यो उनी एकदमै संयमित भएर जवाफ दिन्थे, ‘व्यस्तताका कारण यस्तो भएन ।’

क्याम्पस पढ्ने बेलामा उनको मित्रता राजकुमारी कौलसँग भएको थियो । जो आफ्नो अन्तिम समयसम्म वाजपेयीसँगै बसेकी थिइन् । दुवै जना ग्वालियरको भिक्टोरिया कलेजमा पढ्दथे । वाजपेयीमाथि लेखिएको पुस्तक ‘अटल बिहारी वाजपेयीः ए म्यान अफ् अल सिजन्स’ यस कुराको चर्चा गरिएको छ ।

कलेज जीवनको केही समयपछि अटल बिहारी वाजपेयी राजनीतिमा सक्रिय भए । त्यसैबीच राजकुमारीका बुवाले एक जना प्रोफेसर ब्रिजनारायण कौलसँग गरिदिए । विवाहपछि राजकुमारी कौल परिवारसँग दिल्लीको रामजस कलेजमा बस्न थालेकी थिइन् । २०१४ अघि वाजपेयी र राजकुमारीको सम्बन्धका बारेमा कहिल्यै चर्चा भएको थिएन । तर जब २०१४ मा राजकुमारीको निधन भयो, त्यसपछि उनीहरुको सम्बन्धका बारेमा चर्चा हुन थालेको थियो । 

वाजपेयीको मित्रताको नैतिकता यहाँसम्म थियो कि राजकुमारीसँगको भेटमा उनका श्रीमान ब्रिजनारायण कौललाई कुनै आपत्ति थिएन । राजकुमारीले ८० को दशकमा एउटा म्यागाजिनलाई अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मैले मेरो श्रीमानलाई कहिल्यै स्पष्टीकरण दिनु परेन । हाम्रो सम्बन्धको बुझाईको स्तर एकदमै बलियो थियो ।’

अटल बिहारी वाजपेयी जब प्रधानमन्त्री बने, उनको सरकारी निवासमा राजकुमारी कौल, उनकी छोरी नमिता र ज्वाईँ रञ्जन भट्टाचार्य पनि सँगै बस्थे । त्यही समय राजकुमारीकी छोरी नमितालाई वाजपेयीले धर्मपुत्री मानेकी थिइन् । कौल परिवारले नै वाजपेयीको हेरविचार गर्थ्यो ।

वाजपेयीले विवाह गरेनन्  तर नमिता भट्टाचार्य उनकी छोरी हुन् ।
 

-अमर उज्यालाबाट

अन्तिम अपडेट: चैत २१, २०८०

1 Comments

  • Rabi Shrestha

    Aug. 17, 2018, 7:46 p.m.

    बाजपेयीले नेपाल र नेपालीकालागि के त्यसतो ठूलो योगदान गरे जसको यति घेरै समाचार सम्प्रेषण भईरहेछ, कतै हामीले भारतीय समाचार पढ़िरहेको त छैनौं भन्ने अनुभूति हुन्छ.....!

  •  0 Reply

तपाईको प्रतिक्रिया