इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित

 भदौ १, २०७५ शुक्रबार १९:३७:१ | एजेन्सी
unn.prixa.net

पूर्व क्रिकेटर तथा पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खान पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । 

पाकिस्तानको नेसनल एसेम्ब्लीका सभामुख असाद कायसरले खान प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए । 

शुक्रबार भएको चुनावमा इमरान खानले १७६ भोट प्राप्त गरे भने पाकिस्तान मुस्लिम लिग–नवाज शेहबाज शरीफले ९६ भोट प्राप्त गरे । 

इमरान खानले शनिबार पद तथा गाेपनियताकाे सपथग्रहण गर्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया