धनी भएर पनि गरिब बन्न खोज्नेलाई कारबाही गर्छु : नगर प्रमुख कुँवर

 भदौ १, २०७५ शुक्रबार २०:३९:४७ | चन्द्र थापा

अछाम – साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले धनी भएर गरिबको नाममा परिचयपत्र लिनेको नाम सञ्चार माध्यमबाट सार्वजनिक गर्ने बताउनु भएको छ । 

जतिसुकै शक्तिशाली धनी भए पनि कारबाही गर्ने हिम्मत आफू र आफ्नो नगरसँग भएकाले अछाम जिल्लाका सबै सञ्चार माध्यममा नामावली सार्वजनिक गरेरै कारबाही गर्ने उहाँले बताउनु भएको छ । 

नगरपालिकाको आवधिक योजना निर्माणका लागि नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठीको उदघाट्न गर्दै कुँवरले जताततै धनीले गरिबको परिचयपत्र पाए भन्ने समाचार बाहिर र्आरहेकाले आफ्नो नगरमा त्यसो हुन नदिनसबै छानविन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
   
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया