आफैंलाई गोली हान्न लगाउने हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

 जेठ १६, २०७५ बुधबार २०:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, जेठ १६ – अर्को व्यक्ति प्रयोग गरेर आफूलाई गोली हान्न लगाउने  हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा  भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को (क) बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिनुभएकाे हाे । उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।

उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएका थिए ।  हिन्दु धर्म बचाउन भन्दै आफैले आफैंलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया