चीनले अमेरिकी सैन्य अखडामा आक्रमणका लागि अभ्यास गरिरहेको छ : पेन्टागन

 भदौ २, २०७५ शनिबार ७:५९:१ | एजेन्सी
unn.prixa.net

अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले प्रशान्त महासागरमा अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको छ । 

बीबीसीका अनुसार अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो लडाकू विमानको सहयोगले यो क्षेत्रमा लामो दूरीमा प्रहार गर्ने क्षमता वृद्धि गरिरहेको छ । चीनले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन ।

प्रतिवेदनमा पछिल्लो तीन वर्षमा चीनको पिपल्स लिबरेसन आर्मी(पीएलए)ले लडाकू विमानद्वारा आक्रमण गर्नका लागि समुद्री क्षेत्रको विस्तार गरेको पनि बताइएको छ । 

पेन्टागनले चीनले भविष्यमा ताइवानलाई पनि गाभ्ने रणनीति बनाइराखेको बताएको छ ।  

याे पनि पढ्नुहाेस्

​के ‘ताइवान कार्ड’ प्रयोग गर्दै आगोसँग खेलिरहेको छ भारत ?

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया