कर्णालीमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

 भदौ २, २०७५ शनिबार ११:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कर्णाली नदीमा पानीको सतहले सतर्कता पार गरेको छ । बिहान साढे १० बजेतिर पानीको सतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

बाढी आएपछि शाखाले आज राति १० बजेसम्म नै कर्णाली चिसापानीसम्मको क्षेत्र र बर्दिया तथा कैलालीका नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । 

शाखाले आज बेलुकीसम्ममा सप्तकोशी र नारायणीमा पनि बेलुकीसम्ममा पानीको सतह सतर्कता तह पुग्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ । 

आज देशभरिकै मौसम खुलिहालेपनि एकैछिनमा बदली भई केही ठाउँमा पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया