वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४६ जना मृतकका परिवारलाई ५ करोड राहत

 भदौ २, २०७५ शनिबार ११:५०:१३ | उज्यालो सहकर्मी

खोटाङ – वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका खोटाङका ४६ मृतक परिवारले साढे ५ करोडभन्दा बढी राहत तथा क्षतिपूर्ति प्राप्त गरेका छन् । 

सन् २०११ देखि हालसम्म रोजगारीका सिलसिलामा विदेशमा पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतिपूर्तिस्वरुप ५ करोड ६५ लाख ३५ हजार रुपैयाँ पाएका हुन् । 

वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धिमूलक र भरपर्दो बनाउने क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले शुक्रबार दिक्तेलमा आयोजना गरेको समीक्षात्मक छलफलमा हालसम्म ४६ मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिलाउनका लागि संस्थागतरुपमा सहजीकरण गरेको जानकारी दिएको छ । 

विदेशमा ज्यान गुमाएका परिवारलाई राहत तथा क्षतिपूर्ति दिलाउनका लागि आवश्यक कागजात तयार पार्न र सहजीकरणमा सहयोग गरिएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया