देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
धनुषा – जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मासका संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र सन्देश मिश्र रहेकाे प्रहरीले जनाएकाे छ ।
ती युवाहरुलाई प्रहरीले जनकपुरको मुरलीचोक र श्याम चोकबाट पक्राउ गरेको जनाएको छ । मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए ।
जनकपुर विमानस्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकार्ड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केही बेरपछि सम्बोधन गर्नुहुने छ ।