एशियाली खेलकुद: कुन देशले कहिले र कति पटक अायाेजना गरे ?

 भदौ २, २०७५ शनिबार १२:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

एशियाली खेलकुदको १८अाैं संस्करण आजदेखि इन्डोनेशियाका २ सहरमा सुरु हुँदैछ ।

शनिबार अपराह्न हुने औपचारिक उद्घाटनका लागि ४५ देशका खेलाडीहरु इन्डोनेशिया पुगिसकेका छन् । उद्घाटन समारोहलाई भब्य बनाउन आयोजक देशले कुनै कसर बाँकी नराख्ने बताइसकेको छ ।

नेपालले यसपटकको एशियाडमा २९ खेलमा सहभागिता जनाउँदैछ । २९ खेल मध्य फुटबलको प्रतिस्पर्धा शुरु भइसकेको छ ।

फुटबलमा अहिलेसम्म २ खेलमा पराजित हुँदै अर्को चरणमा पुग्न भाग्यको फैसला अन्तरगत पाकिस्तानसँग खेल्न बाँकी  छ । १८औं संस्करणसम्म आईपुग्दा नेपालले जम्मा २३ वटा मात्र पदक जितेको छ ।

त्यसमा १ रजत र २२ वटा कास्य पदक रहेका छन् । सन् १९५१ मा भारतबाट शुरु भएको एशियाड सबैभन्दा बढी थाईल्याण्डले ४ पटक आयोजना गरिसकेको छ । थाइल्याण्डले पहिलो पटक १९६६ मा आयोजना गरेको थियो भने त्यस लगत्तैको १९७० एशियाड पनि थाइल्याण्डमै भयो ।

यसैगरी १९७८ र १९९८ मा पनि थाइल्याण्डमै भएको थियो । १९५१ मा पहिलो पटक र सन् १९८२ मा पनि आयोजना गरेको थियो ।

१९५८ मा आयोजना गरेको दोस्रो पटक १९९४ मा आयोजना गरेको थियो । तेस्रो पटक भने जापानले २०२६ को एशियाड आयोजना गर्ने जिम्मेवारी पाइसकेको छ । यसैगरी चीनले २ वटा संस्करणको एशियाड सफलता पूर्वक सम्पन्न गरिसकेको छ भने सन् २०२२ को एशियाड पनि चीनलेनै आयोजना गर्ने छ ।

चीनले सन् १९९० र सन् २०१० मा एशियाड आयोजना गरेको थियो । दक्षिण कोरियाले भने तीन पटक एशियाड आयोजना गरेको छ ।

दक्षिण कोरियाले १९८६, २००२ र २०१४ को एशियाड आयोजना गरेको थियो । फिलिपिन्स, इरान र कतारले एक एक पटक आयोजना गरेका छन् ।

फिलिपिन्सले १९४५, इरानले १९७४ र कतारले २००६ मा आयोजना गरेका हुन् । एशियाली देशहरुको ओलम्पिक मानिने एशियाडमा ४५ देशका खेलाडीहरु सहभागि हुँदै आएका छन् ।

१८औं संस्करणसम्म आइपुग्दा नेपालले २ वटा बाहेक बाँकी १६ वटा एशियाडमा सहभागिता जनाएको छ । एशियाली खेलकूदमा सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म आयोजना गर्ने दाबेदारिता भने प्रस्तुत गर्न सकेका छैन् ।

एशियाडमा सबैभन्दा सफल देश चीन र जापान हुन् । अहिले सम्म चीन ९ पटक पहिलो स्थानमा रहँदा जापान ८ पटक पहिलो भएको छ ।

१९५१देखि १९७८ सम्मका लगातार एशियाडमा जापान शीर्ष स्थानम रहेको थियो । त्यसपछि चीनले उछिन्दै आएको छ ।

जापानले अहिले सम्म ११२४ पदक जितिसकेको छ । जसमा ४९६ स्वर्ण पदक, ३७२ रजत पदक र २५६ कास्य पदक समावेश छन् । यसैगरी लगातार ९ पटक शीर्ष स्थानमा रहेको चीनले ३१८२ पदक जितेको छ । १४८२ स्वर्ण पदक, ९८७ रजत पदक र ७६० कास्य पदक जितेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया