यू–१५ साफ महिला फुटबल: तेस्रो स्थानका लागि अाज नेपाल र भुटान खेल्दै

 भदौ २, २०७५ शनिबार १२:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा जारी यू–१५ साफ महिला फुटबलमा तेस्रो स्थानका लागि शनिबार नेपाल र घरेलु टोली भुटान भिड्दै छन् ।

समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भुटानसँग खेल्न लागेको हो । भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार शनिबार दिउँसो पौने ४ बजे सुरु हुनेछ । समूह चरणमा नेपालले पाकिस्तानलाई ४–० ले पराजित गरेको थियो ।

त्यसैगरी गएकाे संस्करणको उपविजेता बंगलादेशसँग भने नेपाल ३–० ले पराजित हुँदै उप विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।

तर सेमिफाइनलमा नेपाल साविक विजेता भारतसँग २–१ गोल अन्तरले पराजित भएसँगै उपाधिको होडबाट बाहिरिएको थियाे ।

उपाधिका लागि आजै गत संस्करणको विजेता भारत र उप विजेता बंगलादेश भिड्दै छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया