संविधान ऐन कानुन कुनै धर्म ग्रन्ध होइन, चाहेको बेला संशोधन हुन्छ : प्रधानमन्त्री अाेली

 भदौ २, २०७५ शनिबार १३:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा विश्वविद्यालय स्थापना गरिने बताउनुभएको छ ।

जनकपुरमा प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नम्बर २ मा रामराजा सिंह वा अन्य कसैको नाममा एउटा विश्वविद्यालय सरकारले खोल्ने बताउनुभएको हो ।संविधान, ऐन, कानुन आवश्यकता अनुसार संशोधन हुने भन्दै उहाँले देश र नागरिकको आवश्यकताका बखत चाहिएका बेला कुनै पनि ऐन कानुन शंसोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।  

‘संविधान ऐन कानुन कुनै धर्म ग्रन्ध होइन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो आवश्यकताका बखत कुनै पनि बेला शंसोधन गर्न सकिन्छ ।’ नागरिकता ऐनमा विभेद गरिएको भन्ने आवाज मैले सुन्दै आएको छु भन्दै उहाँले त्यसमा कुनै पनि विभेद नराखि संशोधन गर्न लागिएको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Binay thakur

    Aug. 18, 2018, 2:02 p.m.

    Import news

  •  0 Reply

तपाईको प्रतिक्रिया