सिरि ए र ला लिगामा आज काे काे भिड्दैछन् ?

 भदौ २, २०७५ शनिबार १८:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालीको शीर्ष डिभिजनको लिग सिरि ए आजबाट सुरु हुँदैछ । आज पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले सिरि ए डेब्यु गर्दैछन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट समर ट्रान्सफर विन्डोमा युभेन्टसमा आ‍वद्ध भएका रोनाल्डोले युभेन्टसका लागि पहिलो खेल खेल्न लागेका हुन् ।

गत सिजनको विजेता युभेन्टसले सिएभोविरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्नेछ ।

सिएभोविरुद्ध युभेन्टस  साँझ - ९ः४५

लाजियोविरुद्ध नेपोली मध्यराति - १२ः४५

 

स्पेनिस ला लिगा

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आज उपाधि रक्षाको अभियान डिपोर्टिभो एल्भेसविरुद्धको खेलबाट सुरु गर्दैछ । हिजो रातीबाट सुरु भएको ला लिगाको नयाँ सिजनको पहिलो खेलमा गिरोना र रियल भालाडोलिडले गोलरहित बराबरीको नतिजामा अंक बाँढेका थिए भने रियल बेटिस आफ्नै मैदानमा लेभान्टेसँग ३–० ले पराजित भएको थियो ।

सेल्टा डि भिगोविरुद्ध स्पान्योल ११ः००

भिल्लारियलविरुद्ध रियल सोसियडाड मध्यराति - १२ः००

बार्सिलोनाविरुद्ध डिपोर्टिभो अालाभेस बिहान - २ः०० 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया