स्वास्थ्य उपचार गर्न मेडिकल गएकी युवतीलाई मेडिकल सञ्चालकले गरे बलात्कार

 भदौ २, २०७५ शनिबार १९:१५:२४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कृष्णनगर नगरपालिका वडा नं. २ की एक युवतीलाई मेडिकल सञ्चालकले बलात्कार गरेका छन् ।

उपचारका लागि मेडिकल गएकी युवतीलाई मेडिकल सञ्चालकले बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ । स्थानीय एक मेडिकलमा स्वास्थ्य उपचार गर्न पुगेकी २३ वर्षीया युवतीलाई मेडिकल संचालक अब्दुल आरिफ खानले बलात्कार गरी फरार रहेको प्रहरीले जनाएको छ । 

मेडिकलमा औषधोपचार गर्न गएकी युवतीलाई मेडिकलसँगै रहेको एक रेष्ट रुममा लगेर आरोपी खानले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने खानलाई प्रहरीले खोजीरहेको छ । आरोपी खान घटनापछि भारततिर भागेको प्रहरीले जनाएको छ । 

घटनापछि त्यो मेडिकल बन्द रहेका कारण थप अनुसन्धान गर्न र घटनास्थलको मुचुल्का समेत बनाउन नपाइएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया