गणेश कार्की नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा सर्वसम्मत

 भदौ २, २०७५ शनिबार १९:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  - नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

गणेश कार्की यसअघि पनि संघका अध्यक्ष थिए । उनको नेतृत्वका कार्यसमितिमा रामचन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन् ।

यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ ।

आजै बसेको कार्यसमिति बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा आठ जना सदस्य समेत मनोनयन गरेको छ ।

४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रदेश नम्बर सातका माननीय सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया