सागर र विनोदलाई समेट्दै नेपाली क्रिकेट टाेली घोषणा

 भदौ २, २०७५ शनिबार १९:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एसिया कप क्रिकेटको छनोट खेल्ने नेपाली टाेली घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् ।

यस्तै, वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । 

नेपाली टीमका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले साउन २९ गतेदेखि काठमाडौमा भएको बन्द प्रशिक्षणमा रहेका १९ जना मध्येबाट अन्तिम १५ जनाको नाम तय गरेको हो । 

भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालले नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

तियोगितामा नेपालले ओमानसँग भदौ १३ गते, युएइसँग भदौ १४ गते, आयोजक मलेसियासँग भदौ १६ गते, सिंगापुरसँग भदैं १७ गते र हङकङसँग भदौं १९ गते खेल्नेछ । 

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । पहिलो हुने टीमले युएइमा यहि भदौ २८ गतेदेखि असोज १२ गतेसम्म हुने एशिया कप क्रिकेट खेल्न पाउनेछ । छनोट प्रतियोगितामा पहिलो हुने टीम भारत र पाकिस्ता रहेको समुहमा पर्नेछ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया