गाउँपालिका हाँक्दै नमुना किसान हर्कबहादुर

 भदौ २, २०७५ शनिबार २०:१६:१८ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद पाँच वर्षदेखि फलफुल र तरकारी खेती तथा पशुपालन गरिरहनुभएको छ । 

उहाँ जिल्लामै नमुना किसानका रुपमा चिनिनुहुन्छ । तर, २०७४ असार १४ गते भएको चुनावमा उहाँ गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि उहाँको परिचय किसानँंगै गाउँपालिकाको अध्यक्षका रुपमा फेरिएको छ ।

कृषिबाट नाम र दाम दुवै कमाएका हर्कबहादुर खुशी र सन्तुष्टिको पेशा कृषि नै भएको बताउनुहुन्छ । 

छिमेकी गाउँका ५ जनाको २२ रोपनी पाखो जमिन १५ वर्षका लागि भाडामा लिएर स्थानीय जातको केरा खेती थालेका हर्कबहादुरले त्यो जमिनमा १५ सय फलफुलका बिरुवा समेत रोप्नुभएको छ । 

बगंैचामा ओखर, सुन्तला, अनार, मौसम, अमिलो, कागती लगायतका विरुवाले फल दिन थालिसकेका छन् । फलफुलसँगै बाख्रापालन र तरकारी खेती पनि गरिरहेको उहाँले बताउनुभयो । 

गाउँपालिका कार्यालय चौरपाटीबाट एक घण्टाको दुरीमा रहेको केराबारीमा संधै पुग्न समस्या भएको उहाँले बताउनुभयो । अध्यक्ष भएपछि जनताका काम गर्नुपर्ने भएकाले नीजि काममा धेरै समय दिन नसकिएको उहाँको भनाई छ । 

नमूना किसानका रुपमा आफुलाई स्थापित गराइसकेका अध्यक्ष हर्कबहादुर चौरपाटी गाउँपालिकालाई नै कृषिको नमुना गाउँपालिका बनाउने अभियानमा लागेको बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया