रोनाल्डोको डेब्यू, किएभो -२, युभेन्टस -१

 भदौ २, २०७५ शनिबार २३:१०:९ | एजेन्सी
unn.prixa.net

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।

नयाँ सिजनको उद्घाटन खेलमा युभेन्टसले किएभो भेरोनासँग खेलिरहेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलको दोस्रो हाफ चलिरहँदा भेराना २-१ले अगाडि रहेको छ । खेल सुरु भएको तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका हुन् । त्यसपछि खेलको ३८ औँ मिनेटमा किएभोका लागि स्टेपिन्स्कीले बराबरी गोल गरेका हुन् । 

५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इम्मानुएल जियाचेरिनीले भेरोनाको अग्रता बढाएका छन् ।

रोनाल्डोलाई क्लबमा भित्र्याएपछि झन बलियो मानिएको युभेन्टसविरुद्ध भेरोना पनि आश्चार्यजनक नतिजा निकाल्ने दाउमा छ ।

युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ ।

रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया