करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु, एक घाइते

 भदौ ३, २०७५ आइतबार १४:४८:० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरमा करेन्ट लगाई खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नं.–७ नर्कटेका ३० वर्षीय कैलास राना मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

शनिबार साँझ स्थानीय ध्वाँसे खोलामा बिजुलीको मेनलाइनबाट करेन्ट जडान गरि माछा मार्ने क्रममा चिप्लेर पानिमा खस्दा कैलास राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिनुभयो । 

कैलासको मृत्यु भएपछि करेन्ट भएको तार फ्याक्ने क्रममा संगै माछा मारिरहेका उमेश राना मगर घाइते भएको डिएसपी अधिकारीले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया