हेटौंडा उपमहानगरपालिकाले घरको नक्सा निशुःल्क बनाइदिने

 भदौ ३, २०७५ आइतबार १८:४८:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले यसक्षेत्रका बासिन्दालाई निशुःल्क घरको नक्सा बनाइदिने भएको छ ।

आइतबार उपमहानगरपालिकाको कार्यपालिका बैठकले नरका बासिन्दाहरुले घर निर्माण गर्नुपरेमा निशुःल्क नक्सा समेत पाउने निर्णय गरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

विशेषगरी उपमहानगरपालिकामा थपिएका पहिलेका गाविसका वडालाई लक्षित गरेर निशुःल्क रुपमा नक्सा बनाउने निणय गरिएको मेयरले जानकारी दिनुभएको छ । एक हजार स्क्वायर फिटसम्मका घर निर्माण गर्नुपरेमा निशुःल्क रुपमा नक्सा समेत बनाउन लागिएको मेयर महतले बताउनुभयो ।

नागरिकले अहिले सामान्य चार कोठा घर निर्माणको लागि १५ हजार रुपैयाँसम्म तिरेर नक्सा बनाउने गरेका छन् । तर अब आइतबारदेखि नै लागू हुने गरी उपमहानगरपालिकाले सबै नागरिकको निशुःल्क नक्सा बनादिने भएको हो । यसभन्दा अघि हेटौंडाका बासिन्दाहरुले कन्सल्टेन्सी मार्फत नक्सा बनाउँदै आए पनि विभिन्न खालका प्रकृया नपुग्दा उपमहानगरपालिकाले नक्सा पास गर्न अटेर गर्दै आएको थियो ।

नक्सा बनाउनका लागि उपमहानगरपालिकाले इन्जिनीयरको नेतृत्वमा प्राविधिक कर्मचारी पनि खटाउने तयारी थालेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया