धुलोले घरमा बस्नै नसक्ने भएपछि स्थानीयले गरे चक्काजाम

 जेठ १७, २०७५ बिहिबार ११:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी, जेठ १७ – धुलोले जनजीवन अस्तव्यस्त भएपछि महोत्तरीको वर्दिबासमा विहीबार बिहान स्थानीयले चक्काजाम गरेका छन् । बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने बर्दिबास–औरही–जलेश्वर सडक खण्डमा गाडी ओहोरदोहोर गर्दा अत्याधिक मात्रामा धुलो उडेपछि स्थानीयले गाडी चलाउन रोक लगाएका हुन् । 

वर्दिबास नपा–२ आदर्श टोल विकास संस्थाको अगुवाईमा गाडी चलाउन रोक लगाइएको हो । सडकको धुलोले हैरान बनाएको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा एक महिना अघि नै नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका थिए । 

भर्खरै सडक डिभिजन कार्यालय जनकपुरले माटो हालेर भत्किसकेको सडकको खाल्डाखुल्डी सम्याएपछि झन् धुलो उड्न थालेको छ  । आदर्श टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र झाले धुलोले घरमा पनि बस्न नसकेपछि आन्दोलनमा उत्रिएको प्रतिक्रिया दिनुभयो । 

उनीहरुले तुरुन्त पानी छर्किएर धुलो कम गरेर सवारी सञ्चालन गर्न, सडकको स्तरोन्नतिका लागि अहिलेबाट आवश्यक काम सुचारु गर्न र भत्केको सडकमा ग्राभेल गर्न पनि माग गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया