धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा

 जेठ १७, २०७५ बिहिबार ११:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ  १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।

मन्त्रालयले चैत २३ गते सार्वजनिक गरेको १ सय दिने कार्ययोजनाको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विश्वकर्माले सरकारले आफ्नै हिसाबले रंगशालाहरु बनाउने तयारी थालेको तर धुर्मुस सुन्तलीसँग सम्पर्क टुटेको बताउनुभएको हो । 

‘उहाँहरुले पहिले त मुलपानीमै रंगशाला बनाउने भन्नुभएको थियो, तर त्यहाँ भएन क्यारे, त्यसपछि काठमाडौंबाहिर कता कता खोज्नुभयो, अनि गोदावरीमा बनाउने जानकारी दिन आउनुभएको थियो, मन्त्री विश्वकर्माले भन्नुभयो, तर त्यहाँ पनि प्राविधिक हिसाबले बनाउन मिलेन रे अहिलेचाहिँ धुर्मुससँग मेरो सम्पर्क छैन ।’ गोदावरीमा क्रिकेट रंगशालाका लागि ठिक छैन भन्नुको कारण आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया