राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति ललितपुरको पाचौं साधारणसभा सम्पन्न

 भदौ ४, २०७५ सोमबार १०:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ललितपुरको ग्वार्कोमा रहेको न्यू इन्द्रावती दोहोरी घरको सभा कक्षमा सम्पन्न भएको  साधारण सभामा लोक दोहोरीका अग्रजले  आफ्नो भाषा तथा सँकृतिको जर्गेनामा प्रतिबद्ध भएको बताए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभाले समितिका सचिव सुजन बराइलीमार्फत प्रस्तुत भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तोलाचन्द ठकुरीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन २०७४ र ०७५ सर्वसम्मत पारित गरेको छ । संस्थाको २०७४ र ०७५ आम्दानी कुल एक लाख ४६ हजार ३ सय ७० रहेको छ भने खर्च ५९ हजार ४० रुपैया रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारण सभाको अवसरमा प्रतिष्ठानले गीत संगीत क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान समेत गरेको थियो । साधारण सभाको अवसरमा प्रतिष्ठानले गितसंगित क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया