भरुवा बन्दुकले लागेर सिकार खेल्न गएका एक जनाको ज्यान गयो

 भदौ ४, २०७५ सोमबार १४:१४:५१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । 

आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो ।

एक थान भरुवा बन्दुकसहित तामाङको शव मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा रहेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।  मृतक हस्तबहादुर जंगलमा सिकार खेल्न जानुभएको थियो ।

उहाँसँगै भाई रत्नबहादुर तामाङ र  छिमेकी कृष्णबहादुर तामाङ पनि सँगै गएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट भेटिएको प्रहरीले जनाएको छ समेत भेटिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया