जितपुर सिमरा उपहानगरपालिकाले मान्छे जीवित रहेको सिफारिस गर्न पनि लिन थाल्यो शुल्क

 भदौ ४, २०७५ सोमबार १४:४०:८ | जयनारायण यादव

बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिकाले मान्छे जीवित रहेको सिफारिस गर्न पनि शुल्क लिन थालेको छ ।

उपमहानगरपालिकाले व्यक्ति जीवित रहेको व्यहोराको सिफारिस गर्न एक सय रुपैयाँ शुल्क लगाएको छ । उपमहानगरपालिकाले जन्म र मृत्युदर्ताको लागि समेत शुल्क तोकेको छ ।

उपमहानगरपालिकाको नागरिक बडापत्रमा जन्मदर्ता र मृत्यु दर्ताको लागि दुई सय शुल्क तोकिएको उल्लेख छ ।

तर विवाह दर्ताको लागि भने उपमहानगरपालिकाले केवल ५० रुपैयाँ शुल्क लगाएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने ३५ दिन भित्रमा जन्मदर्ता, मुत्युदर्तालगायतका व्यक्तिगत घटना दर्तामा कुनै शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ । यो निर्देशनपछि केही स्थानीय तहले निःशुल्क रुपमा व्यक्तिगत घटना दर्ता गरेका भए पनि बाराको जितपुर सिमरा उपमहानगरले भने शुल्क तोकेको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया