टिपरको ठक्करबाट एकजनाको ज्यान गयो

 भदौ ४, २०७५ सोमबार १५:१२:१४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ की ५५ वर्ष सूर्यमाया तामाङलाई विपरित दिशाबाट आउँदै गरेको बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिँदा सोमबार महिलाको घटनास्थलमै ज्यान गएको हो ।

सूर्यमाया सहकारीमा पैसा बचत गरेर घर फर्कंने क्रममा टिपरले सडकमा ठक्कर दिएको हो । टिपर लिखु ३ हाइडेपावरको काममा निमार्ण सामाग्रीहरु बोक्नको लागि प्रयोग गरिँदै आएको थियो ।

घटापछि प्रहरीले टिपर चालक उमेश पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया