दाउराले हानेर भाइले गरे दाइको हत्या

 भदौ ४, २०७५ सोमबार १६:४४:५२ | दीपक भट्ट

रामेछाप – घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  
    
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी बस्ने २८ वर्षीय विष्णु खत्रीले ३२ वर्षीय दाजु पूर्णबहादुर खत्रीलाई उत्तिसको दाउराले टाउकोमा हिर्काउँदा पूर्णबहादुरको आइतबार घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी शिवालयबाट गएको प्रहरीले घटनामा संलग्न विष्णु खत्रीलाई पक्राउ गरेको छ । 

मृतक पूर्णबहादुर र भाइ विष्णु खत्रीबीच घरायसी जग्गा र पानीको विवाद भएको र झगडा बढ्दै गएपछि रिस थाम्न नसकी उत्तिसको दाउराले हान्दा दाजु पूर्णबहादुर खत्रीको ज्यान गएको प्रारम्भिक अनुसन्धानवाट खुलेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 

प्रकाउ परेका खत्रीलाई प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया