श्रीमतीलार्इ जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

 भदौ ५, २०७५ मंगलबार १७:३२:१० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरकाे रौतामाई गाउँपालिकामा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नं.-२ का वर्ष ४५ का दुर्गा भनिने दिप बहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

नावालिका छोरीलाई यौन दुर्व्यवहार गरेको र आफूलाई जबरजस्ती करणी गरेको भनी राउतविरुद्ध श्रीमतीले दिएको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो । 

पीडितको उजुरीको आधारमा पीडक राउतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको  डिएसपी अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया