प्रकाण्डलाई रिहा गर्न पुनः सर्वोच्चको आदेश
भदौ १८, २०७५ सोमवार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीलाई प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिँड्न आग्रह गर्नुभएको छ ।
सांसद थापाले अन्तर्वार्ताहरुमा रमाइलो र रोइलो गर्न छोडेर संघीयतालाई सफल बनाउन लागि पर्न पनि गम्भीर ध्यानाकर्षण गराउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री सफल र संघीयता असफल बनाउने काममा प्रधानमन्त्री लाग्न नहुने पनि बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले तत्काल वीरगंज चिनी कारखाना पुनः सञ्चालमा ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले त्यो चिनी कारखाना सञ्चालनमा ल्याउनका लागि सहकारी संस्थाहरुसँग सहकार्य गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
कांग्रेस सांसद एवम् उद्योगपति विनोद चौधरीले देशले नागरिकबाट उठाएको करको सदुपयोग गर्न नसकेको दावी गर्नुभयो । उहाँले करदाताले धान्न सक्ने करको प्रावधान बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटाले तातोपानी–कोदारीमा तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बाह्रबिसे–तातोपानी सडकखण्ड सुरु गराउन पनि सरकारसँग आग्रह गर्नुभयो ।
स
त्तारुढ दलका अर्का सांसद जनार्दन शर्माले जाजरकोट, रुकुमलगायतका जिल्लाहरु पहिरोको चपेटामा परेको उल्लेख गर्दै पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।