​एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति

 जेठ १७, २०७५ बिहिबार १९:२९:२५ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्तरगत एनसेलले त्यस कलेजका उत्कृष्ट छात्रछात्राहरुलाई सम्मान गरेको हो । बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा एक कार्यक्रमका बीच क्याम्पसका प्रमुख डा. गोकर्णबहादुर मलहोत्रा र एनसेलका प्रतिनिधिहरुले संयुक्त रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्नु भएको हो । 

एनसेलले इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, कम्प्युटर र कम्युनिकेशन संकायका वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गरेको विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृत्ति तथा सबभन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेको विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
 

यो वर्षको छात्रवृत्ति इलेक्ट्रिकल, इलेक्ट्रोनिक तथा कम्युनिकेशस र कम्प्युटर इन्जिनियरिङ संकायका प्रथम, द्धितीय र तृतिय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया