घरैमा आएर धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

 भदौ ६, २०७५ बुधबार १२:४७:३९ | शिव ढुंगाना

ओखलढुंगा– मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको नचिनेका मानिसको समूहले घरैमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो ।  

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्कीको हरियार प्रयोग गरेर हत्या भएको अनुमान गरिएको छ । शव पोष्टमार्टम गर्न रुम्जाटार अस्पताल पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेकाले थप तथ्य बाहिर आउन समय लाग्ने सूचना अधिकारी भट्टराईले बताउनुभयो । कार्की यही असारदेखि गाउँमा बस्दै आएका थिए । यसअघि उनी काठमाडांै बस्दै आएका थिए । स्थानीयले उनीसँग दुस्मनी भएका व्यक्ति बाहिरबाट आएर हत्या भएको हुनसक्ने बताएका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया