नेम्पा अवार्ड २०१८– दीपा, माग्नेदेखि निताको हातमा अवार्ड
भदौ १८, २०७५ सोमवार
बैतडी – बैतडीको पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालले आतंक मच्चाउन थालेको छ ।
नगरपालिकाको वडा नम्बर ६ लोर्खामा बौलाहा स्यालको टोकाइबाट एकैदिन तीनजना घाइते भएका छन् । घाइते हुनेमा दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहुनुभएको छ । घरमै बसिरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह बिष्टले बताउनुभएको छ ।
स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिजविरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।
उज्यालाेका बैतडी संवाददाता जयराज अवस्थीलाई फेसबुकमा भेट्न सकिन्छ ।