अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङ्गटार–हिले सडकखण्डमा यात्रुहरूलाई समस्या भएको भन्दै सडकको स्तरोन्नति गरिने भएको छ ।
संखुवासभाको तुम्लिङ्गटार हुदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोला देखि सातटारे सम्मको सडक तीन मिटरको मात्रै भएको हुदाँ यातायात संचालनमा समस्या भएको भन्दै सडक चौडा पारिने भएको हो ।
सडक चौडा गर्नका लागि बुधबारदेखि दैनिक ९ घण्टा सडकमा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
सडकको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले दैनिक बिहान ६ बजे देखि ११ बजे सम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म सडक चौडा पार्ने काम सुचारु गर्नका लागि सरोकारवाला सबैमा जानकारी गराई काम सुरुवात गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले बताउनुभयाे ।
सडक स्तरोन्नतिको समयमा वैकल्पिक मार्ग सभाखोलादेखि खराङ्ग हुदै पिलुवा निस्कने सडक प्रयोग गर्न जिल्ला प्रशासनसंग अनुमति मागेको समेत डिभिजन प्रमुखले जानकारी दिनुभयो । आजबाट शुरु भएको सडक चौडा गर्ने काम भदौ मसान्तसम्म एक महिना लाग्ने उहाँले जानकारी दिनुभयाे ।
तुम्लिङ्गटारको सभाखोला हुर्दै लेगुवादेखि हिलेसम्म निस्कने सडकखण्ड कच्ची भएका कारणले बेहाल छ ।
त्यसमाथि सानो सडक हुँदा झन समस्या भएको यात्रुहरुको भनाई छ । यो सडक संखुवासभाबाट धरान, धनकुटा, बिराटनगर र काठमाडाैं जाने मुख्य सडक हो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।