बलात्कृत युवती गर्भवती, दुई आरोपी पक्राउ

 जेठ १७, २०७५ बिहिबार १९:४८:२८ | राजु लामिछाने

रुकुम पश्चिम, जेठ १७ – एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । 


सानीभेरी गाउँपालिका–५, का १८ वर्षीय विशाल केसी र १८ वर्षीय धनसिंह बाँठालाई प्रहरीले पक्राउ गरेको हो । 
दुवै जनाले एउटै युवतीलाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आरोपी विशाल केसीले ती युवती स्कुल जाने क्रममा सानीभेरी गाउँपालिका –५, डालापारी जंगलमा लगेर र धनसिंह बाँठाले आफ्नै मोबाइल पसलमा लगेर पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।


२०७४ पुस ७ गते विशाल केसीले र २०७४ पुस १० गते धनसिंह बाँठाले ती युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले बताउनुभयो । प्रहरीका अनुसार ती युवती गर्भवती भएकी छिन् । पक्राउ परेका दुवै जनालाई जबरजस्ती करणी मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • keshavhamal

    June 1, 2018, 5:21 p.m.

    यस्तोप्रक्रितीकोघटनालाईजबरजस्तीकरणभन्ननमिल्लाकी किनकीयोमन्जुरीमाभएकोयौनसम्पर्कजस्तो छ

  •  0 Reply

तपाईको प्रतिक्रिया