नेम्पा अवार्ड २०१८– दीपा, माग्नेदेखि निताको हातमा अवार्ड
भदौ १८, २०७५ सोमवार
इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत चौथो दिनको खेल सकिँदा २४ वटा देशले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।
पछिल्लो पटक पदक तालिकामा अफगानस्तिान थपिएको हो । अफगानिस्तानले उसुमा एक कास्य पदक जितेको छ ।
पदक तालिकामा चीन भने अग्रस्थानमा छ । उसले ३७ स्वर्ण, ३० रजत र १५ कास्यसहित ८२ पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले २० स्वर्ण, २३ रजत र २५ कास्यसहित ६८ पदक जित्न सफल भएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, १५ रजत र २३ कास्यसहित ४९ पदक जितेको छ । चौथो स्थानमा रहेको इरानले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १६ पदक जितेको छ ।
पाँचौ स्थानमा रहको इन्डोनेसियाले ६ स्वर्ण, ३ रजत र ७ कास्य गरी १६ पदक जित्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ । चौथो दिनसम्म जम्मा २४ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।
सम्पूर्ण पदकतालिका हेर्न यहाँ क्लिक गर्नुृहोस्
Yuvi
Aug. 23, 2018, 9:13 a.m.नेपालले कति जित्यो , त्यसको अर्थ हुन्छ, अरु देशको त के मतलब /