ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष मरिनलाई चार वर्षको जेल सजाय

 भदौ ७, २०७५ बिहिवार ६:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले जोसलाई जेल सजाय सुनाएको हो । 

अमेरीकाका ब्रोकलिन जिल्ला अदालतले ८६ वर्षे जोसलाई फिफाको बिलियन डलर घोटालाको काण्डमा उनी पनि समावेश भएको बताएको छ । चार वर्ष जेलका साथै उनलाई एक दशमलव दुई मिलियन अमेरीकी डलर जरिवाना पनि लगाएको छ ।

यसका साथै अदालतले ३ दशलमव ३४ मिलियन डलर चुक्ता गर्न पनि भनेको छ । ब्राजिल फुटबल संघका पूर्व प्रमुख जोस गएको डिसेम्बर २२ मा फुटबलको नाममा अनियमितता गरेको र अनाधिकृत रुपमा सम्पति आर्जेको प्रमाणित गरेको थियो ।

फिफाको दुई सय मिलियन डलरको भ्रष्टाचार मुद्धमा जोसलाई जेल हाल्नुपर्ने भन्दै चौतर्फी आवाज उठेको थियो । पछिल्लो १३ महिना जेलसजाय बिताइसकेका जोसले कम्तिमा १० वर्ष सजाय पाउनुपर्ने बताइएको थियो । तर उनको स्वास्थ्य अवस्थाका कारण उनलाई जमानतमा रिहा पनि गराइएको थियो ।
 

अन्तिम अपडेट: भदौ ८, २०७५

तपाईको प्रतिक्रिया