फलाम खानी पत्ता लगाउन भूगर्भविदको टोली बझाङमा

 जेठ १८, २०७५ शुक्रबार ७:२२:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ जेठ १८ – बझाङमा फलाम खानीको अध्ययन गर्न भूगर्भविदको टोली पुगेको छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेसहित ३ जनाको टोली विहीबार बझाङ पुगेको हो ।

बझाङ जिल्लाका विभिन्न स्थानमा फलाम खानी रहेको कुरा यस अघिका अध्ययन प्रतिवेदनले देखाएका कारण कुन ठाउँमा कति मात्रामा फलाम छ भन्ने कुराको विस्तृत अध्ययन गर्नका लागि टोली बझाङ पुगेको हो ।

टोलीले तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधारमा विहीबार सम्भाव्यता अध्ययन गरेको छ । साथै प्रयोगशालामा परीक्षण गर्नका उक्त ठाँउको ढुङ्गाको नमुना आफूहरुले लिएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख घिमिरेले बताउनुभयो ।

यो ठाँउमा फलाम हुनसक्ने उहाँको भनाई छ । तर कति मात्रामा छ र कति प्रतिशत छ भनेर अहिले भन्न सकिने अवस्था छैन । प्रयोगशालामा परीक्षण गर्नका लागी ढुङ्गा लगिएको छ र प्रयोगशालामा परीक्षण गरिसकेपछि मात्रै थाहा हुने पनि घिमिरेले जानकारी दिनुभयाे । 

‘कति मात्रामा फलाम छ भन्ने कुरा अहिले भन्न सकिदैन, प्रयोगशालामा परीक्षण गरिसकेपछि मात्रै भन्न सकिन्छ ।’ घिमिरेले भन्नुभयो । 

 
 

अन्तिम अपडेट: चैत १२, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया