प्रकाण्डलाई रिहा गर्न पुनः सर्वोच्चको आदेश
भदौ १८, २०७५ सोमवार
काठमाडौं - थरुहट संघर्ष समितिले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई फेरि दबाब दिएको छ ।
टीकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिका संयोजक रुक्मणि चौधरीले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई पुनः दबाब दिनुभएको हो ।
उहाँले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताईरहेका २६ जना बन्दीहरुलार्इ तत्काल रिहा गर्न पनि सरकारसँग माग गर्नुभयो ।
पूर्व सांसद समेत रहनुभएकी चौधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सांसद हरिराम चौधरीले टीकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले टीकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर त्यस घटनाको यथार्थ छानबिन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।
२०७२ साल भदौं ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो । सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौधरीसहित २६ जनाले जेल जीवन बिताइरहेका छन् ।
याे पनि पढ्नुहाेस्