नेम्पा अवार्ड २०१८– दीपा, माग्नेदेखि निताको हातमा अवार्ड
भदौ १८, २०७५ सोमवार
काठमाडौं – इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहीबार काठमाडौँ जिल्ला टेबल टेनिस संघले बिदाई गर्यो ।
संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यलगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खादा लगाई शुभकामनासहित बिदाई गरे ।
एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुष तर्फ स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिलातर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ्ग र रविना महर्जन रहेका छन् । यस्तै टिम प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंङ्गेल तथा टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदील शाही रहेका छन् ।
टेबल टेनिस भाद्र १० देखि १६ गते सम्म आयोजना हुँदैछ । टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछ । ।