'रसायनिक मल अभावको समस्या अब छिट्टै समाधान हुन्छ' : कृषि मन्त्री खनाल

 भदौ ८, २०७५ शुक्रबार १०:४२:३७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कृषकहरुलाई अति आवश्यक पर्ने रसायनिक मदखाद अभावको समस्या यसै साता पूरा हुने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताउनु भएको छ ।

 गृह जिल्ला कपिलवस्तु पुग्नु भएका मन्त्री खनाललाई कपिलवस्तु बाल संगठनले तौलिहवामा आयोजना गरेको अभिनन्दन कार्यक्रममा मन्त्री खनालले मलखाद ढुवानीमा केही प्राविधिक समस्या भएका कारण मलखाद आपूर्तिमा समस्या भएको र यो समस्या यसै साता समाधान हुने बताउनु भयो ।

सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाधका कारण नेपाली कृषकहरुले भोग्नु परेको समस्या बारे संचारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री खनालले यो वर्षौदेखिको डुबान समस्या र सीमाका अन्य समस्या समाधान गर्नका लागि दुवै देशका तर्फबाट एउटा बार्ता टोली निर्माण गरी सरकार अघि बढेको बताउनुभयो ।

यो विषयमा संघीय संसद र मन्त्रीपरिषदमा पनि पटक पटक आवाज उठिरहेको र यसको समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।  

नेपाल भारत दुई देशका सीमावर्तीं क्षेत्रमा देखिने समस्याले दुई देशको सम्बन्ध बिगार्ने बताउँदै मन्त्री खनालले यस्ता समस्या समाधानका लागि निरन्तर रुपमा दुई देशबीच वार्ता र संवाद आवश्यक रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया