पहिरोका कारण पाल्पा– बुटवल सडक अवरुद्ध

 जेठ १८, २०७५ शुक्रबार ९:२४:५५ | उज्यालो सहकर्मी

पाल्पा, जेठ १८ – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डमा पहिरो खसेको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा राति पहिरो खसेको प्रहरीले जनाएको छ ।

यो ठाउँमा यसअघि पनि पटक पटक पहिरो खस्ने गरेको थियो । सामान्य वर्षा हुँदासमेत पहिरो जान थालेपछि यात्रु समस्यामा पर्न थालेका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

बाटो बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुदै गँुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ हिँडेका यात्रु अलपत्र परेका  छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया