साउदीमा अलपत्र ३८ नेपालीलाई अहिलेसम्मको तलब दिने सहमति, काम पनि पाउने

 भदौ ८, २०७५ शुक्रबार १६:४:२

बुना बिक । 

खोटाङ – साउदी अरबमा अलपत्र परेका ३८ जना नेपालीले काम र यसअघि काम गरेको अवधिको तलब पाउने भएका छन् । तलब नदिएको कम्पनीले उनीहरुलाई निकालिदिएपछि अलपत्र परेका नेपालीका आफन्त र उनीहरुलाई पठाउने इम्पावर ओभरसिजबीच उनीहरुलाई सरसफाइको काम दिने, दिनमा ८ घण्टाका दरले महिनामा २६ दिन काम दिने सहमति भएको हो । 

आफन्त र म्यानपावरबीच एक हजार रियाल तलब र दुई सय खानका लागि गरी १२ सय रियाल तलब दिने, मेडिकल आइडी कार्ड, जीवन बीमा काम सुरु गरेको ४५ दिनभित्र कम्पनीले दिने सहमति पनि भएको छ । 

यस्तै नेपालबाट साउदीको कम्पनीमा पुगेको दिनदेखि पाउन बाँकी तलब दिने, काम नगरी बसेको दिनको तलब प्रत्येक महिनाको तलबमै थपेर दिने, २ वर्षको करार अवधि पूरा गरेर घर फर्किन चाहनेलाई टिकट पनि कम्पनीले नै दिने सहमति पनि भएको छ । २ वर्षपछि पनि काम गर्न चाहनेलाई काम दिइने पनि सहमतिमा उल्लेख छ । 

अलपत्र परेकाहरुले आफू साउदीमा नबस्ने भन्दै घरै फर्किने बताएपनि उनीहरुलाई फर्काउन नसकेपछि काम र सेवा सुविधा दिलाउने सहमति गरिएको उनीहरुलाई सहयोग गरिररहेका धनुषाका सरोज रायले बताउनुभयो । 

नेपालमा गरिएको सहमतिमा साउदीमा समस्यामा परेका नेपाली खुशी नभए पनि उनीहरुलाई नेपाल फर्काउन नसकिएको रायको भनाई छ । ‘हामीले उद्धारका लागि धेरै प्रयत्न ग¥यौं । तर सम्बन्धित सबै निकाय र सरोकारवाला गम्भिर नभए पछि के गर्ने,’ रायले भन्नुभयो । 

अलपत्र परेकाहरुलाई सहयोग गर्न उनीहरुलाई पठाउने तीनजुरे र इम्पावरमेन्ट म्यानपावरले चासो नदिएपछि विभागले उनीहरुको काम रोक्का गरेपछि उनीहरुका आफन्तसँग छलफल गर्न म्यानपावर तयार भएको थियो । 

यो पनि पढ्नुहोस् । 

साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट म्यानपावरलाई कारबाही

साउदीमा अलपत्र नेपालीलाई खानाको व्यवस्था

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया