मेरा छोरी छैनन् : म अभागी कि भाग्यमानी !
भदौ १८, २०७५ सोमवार
काठमाडौं – नेपालका राजनीतिक दलका नेताहरुले भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय अटल विहारी वाजपेयीलाई नेपालको महान मित्रको रुपमा स्मरण गरेका छन ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाजपेयीले नेपालसँगको मित्रतालाई विशेष महत्व दिएको स्मरण गरेका हुन् ।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय वाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले वाजपेयीलाई नेपालको महान मित्रको रुपमा चित्रण गर्नु भयो । उहाँले वाजपेयी नेपालको लागि आवश्यक सहयोग गर्न सधैँ प्रतिवद्ध रहेको आफूले पाएको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीको रुपमा आफूले वाजपेयीलाई सार्क शिखर सम्मेलनमा भेट गरेदेखि नै बाजपेयी नेपालका लागि सबै खालको सहयोग गर्न प्रतिवद्ध महान हृदय भएका नेताका रुपमा आफूले पाएको सभापति देउवाको भनाई थियो । सभापति देउवाले भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको पनि बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले वाजपेयीले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको स्मरण गराउनुभयो । उहाँले वाजपेयीको व्यक्तित्व अदभूत रहेकाले त्यसको प्रभाव आफूमा किशोर अवस्थामा हुँदा नै परेको पनि बताउनुभयो ।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय वाजपेयीलाई भारत र भारतीय जनताले ‘भारत रत्न’ र ‘एसियाका महान नेता’ को उपमा दिएका छन । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले वाजपेयीले छिमेकी नेपालसँगको सम्बन्धलाई दिनु भएको महत्वको चर्चा गर्नु भएको थियो ।